ऐसेलुखर्क गाउँपालिकामा तीन जना गाउँ प्रहरी छनोट 

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाले तीन जनालाई गाउँ प्रहरी छनौट गरेको छ। गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेकामा कर्मचारी पदपूर्ति समितिको सोमबारको निर्णय अनुसार मिलन राय, साजन राई र नहेमियाँ राई गाउँ प्रहरीमा सिफारिस भएका हुन्।

सिफारिसमा परेका उम्मेद्वारलाई ७ दिनभित्र नियुक्तिको लागि गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न सुचना जारी गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए।

गाउँ कार्यपालिकाको गत ५ असारमा बसेको बैठकको निर्णय तथा गाउँपालिकाको गाउँ प्रहरी व्यवस्थापन कार्यविधि २०७५ अनुसार एक महिला र दुई पुरुष गाउँ प्रहरीको पदपुर्ति भर्नाका लागि ७ असारमा आवेदन खुलाइएको थियो। २१ असारसम्म दरखास्त म्याद दिइएकोमा २९ पुरुष र ७ महिलाको आवेदन परेको थियो।

ऐसेलुखर्क गाउँपालिकाले कार्यालय सहयोगी सरह सेवा सुविधा पाउनेगरी १४ फागुन २०७६ मा जिल्लामै पहिलोपल्ट तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो। तर कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई गाउँ प्रहरीलाई सेवाबाट हटाएको केही समयपछि पदपुर्ति गरिएको हो। हाल गाउँपालिकामा एक जना मात्र गाउँ प्रहरी कार्यरत छन्।

साउन ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्