सामाजिक सञ्जालमा हर्क साम्पाङ र बालेन शाहको जुहारी

काठमाडौँ-  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमा जुहारी देखिएको छ।

धरानका मेयर साम्पाङले काठमाडौँबाट फर्केलगत्तै बुधबार साँझ सामाजिक सञ्जालमा लेखे- ‘जसले जे भनोस्, म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ। कमसेकम काम त सुरु गरे!’

केही दिनयता सामाजिक सञ्जालमा आक्रोशित देखिएका बालेनलाई साम्पाङको तात्तातो स्टाटसले पोलिहाल्यो।

उनले पनि साम्पाङको स्टाटसको तल लेखिहाले-  ‘हो नि। तपाईँकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि।’

राजधानीको फोहोर उठाउन नपाएर आक्रोशित भएका बालेन शाहले बुधबार बञ्चरेडाँडामा फोहोर फ्याँक्न स्थानीयसँग तीनबुँदे सहमति भएपछि राहतको सास फेरेका छन्।

भदौ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्