प्रतिबन्धित औषधिसहित एक युवक पक्राउ

जनकपुरधाम – धनुषाबाट प्रतिबन्धित औषधिसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिका–३ बैरी फुलगमा बस्ने २० वर्षीय पंकज साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिबन्धित अवैध औषधि ओसारपसार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–७ जिरो माइलबाट ४ हजार ५३० पिस ट्याब्लेटसहित युवकलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

साहको साथबाट १ लाख २० हजार ८७६ रुपैयाँ बराबरको औषधि बरामद गरिएको र आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग वीरगञ्ज पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

भदौ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्