स्विडेनमा १६ वर्षपछि सबैभन्दा कम जन्मदर

एजेन्सी- स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्यांक सार्वजनिक भएको छ।

सन् २०२२ को पहिलो छ महिनाको जन्मदर हेर्दा १६ वर्ष पछिकै सबैभन्दा कम जन्मदर देखिएको हो।

स्विडेनको तथ्यांक अधिकारीहरूले औपचारिक रूपमा बिहीबार दिएको जानकारी अनुसार यस अवधिमा ५४ हजार ६५० जना जन्मिएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.७ प्रतिशत कम हो।

अधिकारीहरूले सन् २००६ पछिकै सबैभन्दा कम जन्मदर यस वर्षको अघिल्लो छ महिनामा देखिएको जानकारी दिए।

जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूको भनाइ छ। प्राध्यापक गुनार अन्डेर्सन जन्मदर घट्नुलाई विभिन्न तरिकाले हेर्न सकिने बताउँछन्।

सामान्यतयाः कोरोना भाइरसको महामारी, कोरोना भाइरस विरुद्धको खोप अभियान, आर्थिक संकट लगायतका कारण मुख्य कारण हुन सक्ने उनको बुझाइ छ।

गत जुन ३० सम्मको तथ्यांकअनुसार स्विडेनको अहिलेको कुल जनसङ्ख्या एक करोड चार लाख ८७ हजार ८५९ रहेको छ।

भदौ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्