सलमान रुश्दीमाथि हमला गर्ने भन्छन्- मैले सटानिक भर्सेजकाे दुई पेजमात्र पढेकाे थिएँ

फाइल तस्बिर

सलमान रुश्दीमाथि हमला गर्ने युवकले उनकाे विवादित किताब ‘द सटानिक भर्सेज’काे दुई पेजमात्र पढेकाे बताएका छन्।

रुश्दीमाथि हलमा गर्ने युवककाे नाम हादी मातर हाे। रुश्दीमाथि हमला गर्नेबित्तिकै २४ वर्षीय मातरलाई नियन्त्रणमा प्रहरीकाे जिम्मा लगाइएकाे थियाे।

यद्यपि उनी अहिले जेलमा बन्द छन्। जेलबाटै उनले न्यु याेर्क पाेस्टलाई एक अन्तर्वार्ता दिएका छन्। अन्तर्वार्तामा उनले सटानिक भर्सेजकाे दुई पेजमात्र पढेकाे बताएका हुन्।

उनले भने,’म अयातुल्लाहकाे इज्जत गर्छु। म मान्छु कि उनी महान मानिस हुन्। यद्यपि उनकाे बारेमा म यति मात्र भन्न सक्छु।’

हादीले सलमानले इस्लाममाथि हमला गरेकाे आराेप पनि लगाए।

‘मलाई उनी मन पर्दैन। मलाई लाग्दैन कि उनी निकै असल मानिस हुन्। उनी एक त्यस्ता मानिस हुन् जसले इस्लामाथि हमला गरे, उनले उनकाे विश्वासमाथि हलमा गरे’, उनले भने।

मातरले हमलापछि पनि रुश्दी जिउँदै भएकाे खबरले आफू आश्चर्यचकित भएकाे पनि उल्लेख गरेका थिए।

यद्यपि उनले यस कुराकाे पुष्टि भने गरेनन् कि हमला सन् १९८० मा इरानमा जारी गरिउकाे फतवाबाट प्रेरित थियाे भनेर।

रुस्दीकाे विवादित किताब सटानिक भर्सेज सन् १९८८ मा प्रकाशित भएकाे थियाे। मुसलमान समुदायले यस किताबले ईशनिन्दा गरेकाे आराेप लगाउँदै आएकाे छ।

 

 

 

भदौ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्