सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’को तयारी

काठमाडाैँ- ढाका इभेन्टले फरक शैलीको सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’ आयोजना गर्ने भएको छ। आयोजकका अनुसार प्रतियोगिताका लागि चाँडै नै काठमाडौँमा अडिसन हुँदैछ।

ढाका इभेन्टकी सञ्चालक सुजु पाण्डेले सांस्कृतिक मूल्य, मान्यता, मौलिक परिचयको महत्त्वलाई सम्बोधन र प्रवर्द्धन गर्ने उद्देश्यले ‘ढाका फेस’ को अवधारणा ल्याइएको बताइन्।

कम्पनीले यसअघि नेपालमै पहिलोपटक ‘ढाका ब्राइडल रनवे’ को आयोजना गरेको थियो।

यो शोमा परमिता राणा, अश्मी श्रेष्ठ, करुणा श्रेष्ठ, सविता कार्की, सिर्जना रेग्मीलगायतका मोडलले र्‍याम्प गरेका थिए।

कम्पनीले ‘मिलाने रनवे’ र ‘ढाका रनवे’ जस्ता शोको आयोजना पनि गरिसकेको छ।

भदौ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्