सभामुख सापकोटाले गरे सांसद गिरिको स्वास्थ्य लाभको कामना

फाइल फोटो।

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन्।

नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका गिरिको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। बिहीबार भेन्टिलेटरमा राखिएका गिरिलाई शुक्रबार साँझ परिवारको आग्रहमा कम कष्ट दिने भन्दै निकालिएको छ।

गिरिको स्वास्थ्य लाभको कामना गर्दैै सभामुख सापकोटाले गिरिले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रतिनिधि सभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदिप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो। हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ। सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

परिवारको आग्रहमा गिरिलाई भेन्टिलेटरबाट निकालियो

भदौ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्