बर्नेमाउथको पोस्टमा लिभरपुलको ९ गोल

काठमाडाैँ – इंग्लिस प्रमियर लिगमा लिभरपुलले सिजनको पहिलो जित निकाल्दा गोल वर्षा गरेको छ। चौंथो खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले बर्नेमाउथमाथि ९-० को फराकिलो जित निकाल्यो।

पहिलो हाफमा ५-० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप ४ गोल गरेको थियो। सुरुवातबाटै एकपछि अग्रता बनाएको लिभरपुलले तेस्रो मिनेटमा नै लुइस डियाजको गोलबाट खेलमा अग्रता बनाएको थियो।

लिभरपुलको फराकिलो जितमा रोबर्टो फिर्मिन्हो र लुइस डियाजले समान २-२ गोल गरेका थिए। यस्तै, हार्भे इलियोट, ट्रेन्ट एलेक्सजेण्डर आर्नोल्ड, भर्गिल भान डाइक र फाबियो कार्भाल्होले एक-एक गोल गरेका थिए। बर्नेमाउथका क्रिस मेपहमले एक आत्मघाती गोल उपहार दिएका थिए।

जितसँगै लिभरपुलले ४ खेलमा ५ अंक जोडेको छ। लिभरपुल आठौँ स्थानमा रहँदा पराजित बर्नेमाउथ ३ अंक जोडेर १६ औँ स्थानमा रहेको छ।

भदौ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्