काठमाडौँ – ललितपुरको प्रशिद्ध लोक परम्परागत तथा ऐतिहासिक साँस्कृतिक नाचको नगर परिक्रमा गरिएको छ।

शनिबार कात्तिक नाच संरक्षण समितिले कात्तिक नाच डबली, मंगलबजारबाट नगर परक्रमा सुरु गरेको हो । बिहान ९ बजेपछि सुरु भएको नगरपरिक्रमा ललितपुरका विभिन्न भाग हुँदै बेलुका ६ बजे मंगलबजारमै पुगेर टुंगिने छ ।

३८२ वर्ष पुरानो नाचबारे सचेतना जगाउनका लागि नगर परिक्रमा गरिएको आयोजकले जनाएको छन् । देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले नगरपरिक्रममा केही तस्बिर खिचेका छन्।