फोटो फिचर
काठमाडौँ- साँस्कृतिक पर्व इन्द्रजात्रा बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ।
बिहान ३२ फिटको लिंगो शुभसाइतमा ठड्याएसँगै जात्रा सुरु भएको हो।
बसन्तपुरस्थित हनुमानढोका दरबार अगाडि भक्तपुरबाट ल्याइएको लिंगो ठड्याइएको हो।
यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ।
लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो।
इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ।
इन्द्रजात्रा विधिवत रूपमा सुरु हुँदाका तस्बिर देश सञ्चारका फोटोपत्रकार सुलभ श्रेष्ठले खिचेका छन्।
तस्बिरहरू हेर्नुहाेस्: