काठमाडाैँ- काठमाडौँ उपत्यकामा विशेष रूपमा मनाइने इन्द्रजात्राअन्तर्गत बिहीबार जीवित देवी कुमारीको विशेष पूजा गरिएको छ।

विशेष विधिपूर्वक लिंगो ठड्याएसँगै यो वर्षको इन्द्रजात्रा बुधबारदेखि नै सुरु भएको हो।

बसन्तपुरमा आज २०० कुमारीकाे पूजा गरिएको हो। पूजाका लागि कुमारीहरूलाई विशेष रूपमा सिंगारिएको थियो।

नेवार समुदायमा कुमारी पूजा गर्नाले सुख-शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेकाे छ।

यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

कुमारी पूजाका केही दृश्यहरू देशसञ्चारका फोटोपत्रकार सुलभ श्रेष्ठले आफ्नाे क्यामेरामा उतार्न खाेजेका छन्।

तस्बिरहरू: