महारानी एलिजाबेथ दुई पटक नेपाल आएकी थिइन्

राजा महेन्द्रकाे पालामा नेपालकाे राजकीय भ्रमणमा महारानी एलिजाबेथ।

काठमाडाैँ – सात दशकभन्दा लामाे समय बेलायकाे राजगद्धीमा रहेकी बेलायती महारानी एलिजाबेथ द्वितियले दुई पटक नेपालकाे राजकीय भ्रमण गरेकी थिइन्।

९६ वर्षकाे उमेरमा शनिबार निधन भएकी महारानी सन् १९६१ र १९८६ मा गरी दुई पटक नेपाल भ्रमण आएकी हुन्।

उनी सन् १९६१ फेब्रुअरीमा तत्कालिन राजा महेन्द्रकाे निमन्त्रणामा पहिलाेपटक नेपाल भ्रमणमा आएकी थिइन्।

राजा महेन्द्रकाे पालामा नेपालकाे राजकीय भ्रमणमा महारानी एलिजाबेथ।

नेपालप्रति चासाे राख्ने उनी सन् १९८६ मा दाेस्राेपटक नेपाल भ्रमण आएकी थिइन्। यसपटककाे उनकाे भ्रमण तत्कालिन राजा वीरेन्द्रकाे निमन्त्रणामा थियाे।

राजा वीरेन्द्रकाे पालामा नेपालकाे राजकीय भ्रमणमा महारानी एलिजाबेथ।

पन्ध्र देशकाे राष्ट्रप्रमुख रहेकी उनकाे जन्म सन् १९२६ एप्रिल २१ मा लन्डनको बर्कली स्क्वायर नजिकैको घरमा भएकाे थियाे।

उनी ड्यूक अफ योर्क अल्बर्ट र उनकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुन्।

भदौ २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्