नेपाली भाषीले अमेरिकाको टेनिसीमा ‘प्रकृति यात्रा’ गर्ने

काठमाडौँ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् टेनिसी च्याप्टर र न्यासभिल नेपाली एसोसिएसनको आयोजनामा प्रकृति यात्रा हुने भएको छ ।

आउँदो सेप्टेम्बर १७ मा ‘गिर्ट एण्ड हाइक विथ फ्रेन्ड्स एण्ड फ्यामिली’ नामका साथ कार्यक्रम गर्न लागिएको हो।

नेपाली भाषी तथा नयाँ विद्यार्थीहरूलाई आपसमा परिचय गरेर समन्वय बढाउनका लागि सहयोग पुग्ने आसाका साथ कार्यक्रम गर्न लागिएको एनएनएका कार्यसमिति सहसचिव माधव पराजुलीले जानकारी दिएका छन्।

भदौ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्