महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार सेप्टेम्बर १९ मा हुने

बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार आउँदो हप्ताको सोमबार अर्थात सेप्टेम्बर १९ मा हुने भएको छ । वेस्टमिनिस्टर एबीमा अन्तिम संस्कार समारोह अर्थात फ्युनेरल हुने जनाइएको हो ।

त्यसअघि चार दिन उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने छ । उनको गएको बिहीबार अपराहन्न ९६ वर्षको उमेरमा निधन भएको हो ।

७० वर्षसम्ममा बेलायती राजगद्धीमा रहेकी उनको स्मृतिमा बेलायत तथा उनी राष्ट्रप्रमुख रहेका देश र विश्वका विभिन्न क्षेत्रमा शोक घोषणा गरिएको छ ।

सोमबार अर्थात सेप्टेम्बर १२ देखि उनलाई २४ घण्टासम्म सेन्ट गिल्स काथड्रल एडिबर्गमा राखिने छ । त्यहाँ सर्वसाधारणले उनलाई श्रद्धाञ्जली दिन सक्ने छन् ।

सेप्टेम्बर १९ मा हुने फ्युनेरलमा उनको परिवारका सदस्य, राजनीतिज्ञ र विश्वका विभिन्न देशका नेताहरु सहभागी हुने छन् । स्थानीय समय अनुसार बिहान ११ बजे फ्युनेरल हुनेछ ।

महारानी एलिजाबेथको अन्तिम यात्रा आइताबार अर्थात सेप्टेम्बर १८ मै सुरु हुनेछ । त्यसदिन ओकको कफिनमा उनको पार्थिव शरीर राखिने छ ।

भदौ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्