द्वारका पीठका शंकराचार्य स्वरुपानन्द सरस्वतीको निधन

ज्योतिर्मठ बद्रीनाथ र शारदा मठ द्वारकाका शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको निधन भएको छ।

उनको ९८ वर्षको उमेरमा आइतबार निधन भएको हो। मध्ये प्रदेशको नरसिंहपुर जिल्लाको झोतेश्वरस्थित परमहंसी गंगा आश्रममा उनको आइतबार दिउँसो निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई माइनर हर्टअट्याक भएको बताइएको छ।

उनी हिन्दु धर्मका ठूला धर्मगुरु मानिन्थे।

उनी लामो समयदेखि अस्वस्थ थिए। उनको बैंग्लोरमा उपचार भइरहेको थियो। उपचार गराएर केही दिनअघि मात्रै उनी आश्रममा फर्किएका थिए।

सोमबार साँझ ५ बजे आश्रममा उनको समाधि गरिने उनका शिष्य ब्रह्म विद्यानन्दले बताएका छन्।

भदौ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्