आजकाे माैसम : बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाकाे सम्भावना

सांकेतिक तस्बिर।

काठमाडाैँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित छ।

देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज(साेमबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भदौ २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्