६ हजार वर्ग किलोमिटर क्षेत्र हामीले रुसी सैनिकबाट नियन्त्रणमा लियौँ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की । तस्बिर : युक्रेनी राष्ट्रपति कार्यालय

रुसले कब्जा गरेका क्षेत्र युक्रेनी सैनिकले आफ्नो नियन्त्रणमा लिने क्रम जारी राखेका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार आफ्ना सैनिकले प्रतिरक्षा आक्रमणको क्रममा थप क्षेत्र नियन्त्रणमा लिएका हुन्।

युक्रेनी सैनिकले सेप्टेम्बरमा पूर्व र दक्षिणबाट रुसी कब्जाबाट ६ हजार वर्ग किलोमिटर क्षेत्रभन्दा बढी नियन्त्रणमा लिएको जेलेन्स्कीले बताएका छन्।

रुसले युक्रेनको उत्तर-पूर्वी क्षेत्रमा खार्किभका प्रमुख स्थान आफूले गुमाएको स्वीकार गरेको छ। केही सैन्यविज्ञहरूले यसलाई जारी युद्धको ब्रेकथ्रू भनेका छन्।

पछिल्ला दिनमा खार्किभ क्षेत्रबाट आफ्ना सैनिक फिर्ता गरिनुलाई रुसले ‘पुनर्संरचना’ भनेको छ।

लुहान्स्क र डोनेट्स्क क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्ने रुसले जनाएको छ। तर डोनेस्ट्क क्षेत्रमा पनि रुसी सैनिक कमजोर देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

 

भदौ २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्