रियल विजयी हुँदा युभेन्टस पराजित, चेल्सी बराबरीमा रोकियो

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत नै बुधबार राति भएको खेलमा स्पेनिस जाइन्ट रियल म्याड्रिडले समूह एफमा आरबी लेइपजिङविरुद्ध २-० को सहज जित निकालेको छ।

त्यस्तै, इटालियन दाबेदार युभेन्टस भने समूह ‘एच’को आफ्नो दोस्रो खेलमा बेनिफिकासँग २-१ ले पराजित भएको छ।

युभेन्टसको यो लगातार दोस्रो हार हो। त्यस्तै, समूह ‘इ’ मा चेल्सी आरबी साल्सबर्गसँग १-१ गोलको बराबरीमा रोकिँदा अंक तालिकाको पुछारमा पुगेको छ।

बुधबार रियलले आफ्नो समूहमा संघर्षपूर्ण जित निकाल्ने क्रममा अन्तिम समयमा लगातार दुई गोल गर्‍याे।

रियलको जितमा फेडेरिको भाल्भर्डेले ८० औँ मिनेटमा पहिलो गोल गर्दा अतिरिक्त समयमा मार्को एसेन्सियोले दोस्रो गोल गरे। रियलको जितसँगै प्रशिक्षक कार्लोस एनसेलोटी च्याम्पियन्स लिगमा १०० खेल जित्ने दोस्रो प्रशिक्षक बनेका छन्।

उनीअघि म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेग्स फर्ग्युसनले १०२ खेलमा जित निकालेका थिए।

त्यस्तै, अर्को खेलमा चेल्सी भने साल्सवर्गसँग १-१ को बरारबीमा रोकियो। रहिम स्ट्रलिङको गोलमार्फत् ४८ औँ मिनेटमा अग्रता लिए पनि साल्सवर्गले ओकाफोरको गोलमार्फत् ७५ औँ मिनेटमा बराबरी गोल फर्काएको थियो।

त्यस्तै, अर्को खेलमा २-१ ले स्तब्ध भयो। चौथो मिनेटमा नै मिलिकको गोलमार्फत् युभेन्टसले अग्रता बनाए पनि बेन्फिकाले ४३ औँ मिनेटमा पेनाल्टीमार्फत् खेल बराबरीमा ल्यायो। जितका लागि नेरेस काम्पोसले ५५ औँ मिनेटमा बेनिफिकाका लगि विजयी गोल गरेका थिए।

च्याम्पियन्स लिग अन्तर्गत नै बुधबार भएका अन्य खेलमा एसी मिलानले डाइनामो जाग्रबलाई ३-१ पराजित गर्दा शख्तर डोनेस्क र सेल्टीकले १-१ गोलको बराबरी खेले। त्यस्तै, नापोलीले रेन्जर्सलाई ३-० ले हराएको थियो।

भदौ ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्