काठमाडौँ – काठमाडौँ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ।

बिहीबार महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थित जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला भेटिएको हो।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हल क्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खनन्‌को माग गर्दै आएका थिए।

टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो।

जय नेपाल हलको कम्पाउन्डमा करिब १५ फिट खन्दा नै टुकुचाको वहाव भेटिएको थियो।