ओलीले गरे सांसदलाई बिदाइ

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन्।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गरेका हुन्।

उनले सांसदहरूलाई ४ मंसिरमा हुने निर्वाचनमा लाग्न निर्देशनसमेत दिए।

२ असोजमा समानुपातिकको बन्दसूची बुझाउने कार्यतालिका भएकोले संसदको कार्यकाल सोही दिन सकिँदै छ।

सोही कारण एमालेले शुक्रबार नै सांसदहरूलाई बिदाइ गरेको हो।

भदौ ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्