थप ११० जनामा कोरोना संक्रमण

काठमाडौँ–नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १६ पुगेको छ।

शुक्रबार  १२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ६२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर १ हजार ७५२ पीसीआर तथा २ हजार ७५ एन्टिजेन परीक्षण भएको छ।

 

भदौ ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्