बालेन, हर्क, रेणु, धनराजसहित जरिवानामा पर्ने एक लाख २३ हजार को को हुन्?

काठमाडौँ – स्थानीय तहको चुनावमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने महानगर र उपमहानगर पालिकामा निर्वाचित भएका चर्चित अनुहार समेत परेका छन्।

ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनबाहेक बाँकी पाँचवटा महानगरपालिकाका प्रमुखलाई आयोगले साढे सात लाखका दरले जरिवाना गरेको छ। निर्वाचन कानुनअनुसार उनीहरुले ६ महिनाभित्र आयोगले तोेकको जरिवाना नतिरेमा स्वत पदमुक्त हुनेछन्।

त्यस्तै निर्वाचित हुन नसकेका उम्मेदवारहरुलाई आयोगले ६ वर्षसम्म कुनै पनि चुनावमा उम्मेदवार हुन रोक लगाउन सक्नेछ।

निर्वाचन आयोग ऐन र स्थानीय तह निर्वाचन ऐन अनुसार चुनावको परिणाम आएको ३० दिनभित्र उम्मेदवारी दिएकाहरुले आफ्नो खर्च विवरण पेश गर्नुपर्छ। तर त्यसरी खर्च विवरण पेश नै नगरेका एक लाख १५ हजार १३१ र ढिलो गरी बुझाउने आठ हजार ६ सय ५२ गरी एक लाख २३ हजार ६ सय २४ जनालाई कारबाही स्वरुप जरिवाना गरेको हो।

निर्वाचन आयोगका अनुसार लतिपुरका प्रमुख महर्जन, उपप्रमुख अञ्जली शाक्य बज्राचार्य र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले मात्रै ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाएर कारबाहीबाट बचेका छन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनीता डंगोलल, भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, विराटनगर महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा कार्की, वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलमले खर्च विवरण पेश गरेका छैनन्।

११ वटै महानगरपालिका प्रमुख तथा उपप्रमुखले पनि कानुनअनुसार निर्वाचन खर्च नबुझाएको पाइएको छ। धरान उपमहानगरपालिका प्रमुख हर्कराज साङपाङले पनि समयमा चुनाव खर्च नबुझाएको पाइएको छ। उनले ३० दिन कटेपछि मात्रै खर्च विवरण बुझाएको आयाले जनाएको छ। त्यस्तै इटहरी उपमहानगरका उपप्रमुख संगीताकुमारी चौधरीले पनि ढिला बुझाएकी छन्।

बाराको जितपुरसिमराका प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारी, कलैया उपमहानगरपालिकाका प्रमुख विनोदप्रसाद साह, उपप्रमुख रौशन परविन, जनकपुरका प्रमुख मनोजकुमार साह सुडी, उपप्रमुख किशोरी साहले पनि खर्च विवरण नबुझाउँदा जरिवानामा परेका छन्।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार उनीहरुले ६ महिनाभित्र जरिवाता तिरी सक्नुपर्नेछ। निर्वाचित भएकाहरुले नतिरेमा स्वत पद जाने र उम्मेदवार मात्र भएकाहरुको हकमा ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने व्यवस्था निर्वाचन आयोग ऐनले गरेको छ। दफा २६ को उपदफा १ मा तोकिएको अवधिमा खर्च विवरण पेन नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको खर्च वा आयोगले निर्धारण खर्चको हममध्ये जुन बढी हुन्छ सोही बराबरको जरिवाना तर्न सक्ने प्रावधान छ।

उपदफा ३ मा भनिएको छ, ‘भएको जरिबाना छ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागूहुनेगरी बढीमा छ बर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ।’

५० अर्ब जरिवाना, कसलाई कति?

आयोगले एक लाख २३ हजार ६ सय २४ जनाबाट करिब ५० अर्ब जरिवाना असुल गर्ने भएको छ। महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही सात लाख पचास हजार रुपैयाँका दरले जरिवाना गरेको छ।

त्यस्तै महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही तीन लाखका दररले कारबाही भएको छ।

उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही पाँच लाख ५० हजार जरिवाना गरिएको छ।

त्यस्तै उपमहानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई दुई लाख पचास हजार जरिवाना गरिएको छ।

नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही चार लाख पचास हजार, नगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई दुई लाखका दरले आयोगले जरिवाना गरेको छ।

त्यस्तै गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई तीन लाख पचास हजार, गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई एक लाख पचास हजारका दरले जरिवाना गर्ने निर्णय भएको पौडेलले बताए।

प्रदेश १ का स्थानीय तहमा उम्मेदवार भएर खर्च विवरण नबुझाउनेहरु नाम

मधेस प्रदेशका स्थानीय तहमा उम्मेदवार भएर खर्च विवरण नबुझाउनेहरुको नाम

बागमति प्रदेशका स्थानीय तहमा उम्मेदवार भएर खर्च विवरण नबुझाउनेहरुको नाम

गण्डकी प्रदेशका स्थानीय तहमा उम्मेदवार भएर खर्च विवरण नबुझाउनेहरुको नाम

लुम्बिनी प्रदेशका स्थानीय तहमा उम्मेदवार भएर खर्च विवरण नबुझाउनेहरुको नाम

कर्णाली प्रदेशका स्थानीय तहमा उम्मेदवार भएर खर्च विवरण नबुझाउनेहरुको नाम

सुदुरपश्चिम प्रदेशका स्थानीय तहमा उम्मेदवार भएर खर्च विवरण नबुझाउनेहरुको नाम

भदौ ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्