अचानक बाबुराम निवास किन पुगे प्रचण्ड?

तस्बिर स्राेत: डा.बाबुराम भट्टराईकाे सामाजिक सञ्जालबाट।

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भेट्न उनकाे निवास पुगेका छन् ।

शुक्रबार साँझ बाबुराम निवास टोखा पुगेका प्रचण्ड र बाबुरामबीच गम्भीर वैचारिक-राजनीतिक छलफल भएकाे बताइएकाे छ ।

पारिवारिक वातावरणमा केही रमाइलो भएकाे सुनाउँदै भट्टराईले सामाजिक सञ्जालमार्फत् आफूहरूबीच ‘गम्भीर वैचारिक-राजनीतिक छलफल’ भएको छ जानकारी दिएका हुन् ।


यसका साथै उनले ट्विटरमा: ‘ऐतिहासिक जनयुद्धका उपलब्धि संस्थागत हुनुसट्टा गुम्दै गैरहेको र प्रतिगामी शक्तिहरूले टाउको उठाउॅदै गइरहेको सन्दर्भमा क प्रचण्डसँग गम्भीर वैचारिक-राजनीतिक छलफल! जनयुद्धको क्रान्तिकारी सारतत्वको सही संश्लेषण गर्दै एक्काइशौँ शताब्दीमा समाजवादको नयाँ कार्यदिशा विकास गर्न सहकार्यमा जोड! लेखेका छन्।

आगामी निर्वाचनमा गोरखा- २ बाट उम्मेदवार बन्न लागेका भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्न (गोलाकारभित्रको हसियाँ हथौडा)बाट चुनाव लड्दैछन् ।

यता राजनीतिक वृत्तमा चुनावपछि दुई पार्टीबीच एकताको सम्भावना रहेकाे चर्चा चलेकाे छ ।

असोज १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्