फोटो फिचर

‘नजरबन्द’मा राखेकाे खबर पाएपछि मानवअधिकारकाे टाेली राणा निवासमा (तस्बिरसहित)

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई बालुवाटारस्थित निवासमै सुरक्षाकर्मी परिचालन गरी कडा निगरानीमा राखिएकाे छ।

राणाले आइतबार सर्वाेच्च अदालत जाने बताएपछि उनलाई निगरानीमा राखिएकाे हाे।

राणाकाे निवास प्रवेश गर्ने तथा फर्किएका गाडीहरू राम्राेसँग चेकजाँच गरीमात्र जान दिइएकाे छ। सुरक्षा व्यवस्था निकै कडा पारिएकाे छ।

सरकारले भने उनलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी उनको निवासमा खटाएको छ  र उनलाई घरबाट बाहिर निस्कन दिएको छैन।

राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले राणाकाे निवासमा पुगेको छ।

जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो।

राणा सर्वाेच्च फर्कने तयारी गरेपछि उनलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरू अदालत परिसरमा धर्ना दिएका थिए।

तस्बिरहरू: