काठमाडौँ – थारुसमुदायका महिलाले काठमाडौँमा पनि विधिपूर्वक पूजा गरेर जितिया पर्व मनाएका छन्। विवाहित नारीले पति तथा सन्तानका लामो आयूको कामना गर्दै यो जितिया पर्व मनाउने चलन छ।

थारु महिला समाजले नेपाल पर्यटन बोर्डमा कृतिम पोखरी बनाएर विशेष पूजा गरेका छन्। उनीहरुले सामूहिक रुपमा त्यहाँ पूजा गरेका हुन्। देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले पर्यटन बोर्डमा भएको विशेष पूजाका तस्बिर खिचेका छन्।