प्रमुख आयुक्तसँग विवाद गरेपछि तीन दलका नेता आयोगबाटै पक्राउ

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्तसँग विवाद गरेपछि तीन दलका नेता उनको कार्यकक्षबाटै पक्राउ परेका छन्।

समाजवादी केन्द्र नेपालका युवराज सफल, नेकपा राष्ट्रवादीका मीननाथ देवकोटा र आधुनिक नेपाल समाजवादी पार्टीका कृष्णगोपाललाई नियन्त्रणमा लिइएको हो।

तीनवटै दलले पाँच वर्षभित्र महाधिवेशन नगरेको भन्दै आयोगले ५० हजारका दरले जरिवाना गरेको थियो।

ठूला दलले समयमा महाधिवेशन नगर्दा छुट दिएको तर आफूहरुलाई भने आयोगले असमान व्यवाहार गरेको भन्दै प्रमुख आयुक्त दिनेश थपलियासँग आक्रोश पोखेका थिए।

दुई पक्षबीच विवाद हुँदा आयोगमा होहल्ला गरेको भन्दै आफूहरुलाई थपलियाको निर्देशनमा नियन्त्रणमा लिइएको नेता सफलले जानकारी दिए।

उनीहरुले अहिले प्रहरीले दरबार मार्ग वृत्तमा राखेको छ।

तीन दलले आउँदो प्रतिनिधिसभाको चुनावमा संयुक्त रुपमा बाघ चुनाव चिन्ह लिएर लड्दैछन्।

असोज २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्