पिएसजीको जितमा मेसीको गोल निर्णायक

लियाेनल मेसीले गरेको एकमात्र गोल निर्णायक बन्दा पेरिस सेन्ट जर्मेइन (पिएसजी)ले लिग वानमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।

लियोनलाई १-० ले पराजित गरेसँगै पिएसजीले शीर्ष स्थानमा २ अंकको अग्रता बनाउन सफल भयो। पिएसजीको ८ खेलबाट २२ अंक रहँदा दोस्रो स्थानको मार्सेलीको ८ खेलबाट २० अंक रहेको छ।

पिएसजीलाई संघर्षपूर्ण जित दिलाउने क्रममा मेसीले पाँचौँ मिनेटमा नै नेयमारको पासलाई सदुपयोग गरेका थिए।

जारी सिजन मेसीको यो सबै प्रतियोगितामा गरी छैटौँ गोल हो। अन्तिम समयमा सर्जियो रामोसले मेसीको फ्रिकिकमा गोल गरे पनि अफ साइड बन्दा संभावित दोहोरो अग्रताबाट पिएसजी चुकेको थियो।

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्