काठमाडाैँ- काठमाडाैँस्थित दशरथ रंगशालाअगाडि खेलप्रेमीहरूकाे भीड लागेकाे छ।

महिला साफ च्याम्पियनसिपकाे फाइनलमा नेपाल बंगलादेशविरुद्ध साेमबार भिड्दैछ। साेही खेल हेर्नका लागि खेलप्रेमीहरूकाे भीड लागेकाे हाे।

खेल आज बेलुका पाँच बजे सुरु हुँदैछ।

खेलप्रेमीहरू पानी, हिलाे नभनी लाइनमा बसी टिकट लिइरहेका छन्।

दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले फाइनल पक्का गरेको थियाे।

नेपाल महिला साफ च्याम्पियनसिप ४ पटक फाइनलमा पुगिसके पनि सबै खेलमा पराजित रहँदै आएकाे छ।

आज नेपाल आफ्नाे तिताे विगत भुली नयाँ इतिहास काेर्न लक्ष्यमा हुनेछ।

हेर्नुहाेस् तस्बिरहरू: