विराटनगर महानगर प्रमुख नागेश कोइराला मलेसिया प्रस्थान

मोरङ – एसिया प्यासेफिक राष्ट्रका प्रमुख सहरको सञ्जाल सिटीनेतको निर्वाचनका लागि विराटनगर महानगर प्रमुख नागेश कोइराला मलेसिया प्रस्थान गरेका छन्।

मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार श्रेष्ठका अनुसार सोमबार मेयर कोइराला मलेसिया प्रस्थान गरेका हुन्।

उनका अनुसार सिटी नेटको निमन्त्रण र कार्यकारिणी निर्वाचनमा सहभागिताका लागि मेयर कोइरालाको मलेसिया भ्रमण भएको हो।

तीनदिने भ्रमणका क्रममा मेयर कोइरालाले अन्य राष्ट्रका नगरप्रमुखसँगको अन्तरक्रिया र भेट उपलब्धिमूलक हुने जानकारी दिए।

महानगर सिटीनेटको स्थायी सदस्य रहेको बताएका मेयर कोइरालाले सिटीनेटमा एसिया प्यासिफिक राष्ट्रहरूको प्रमुख सहरका महानगर र नगरपालिका सदस्य रहेको बताए।

उनका अुनसार मलेसियामा नेसनल कंग्रेसअन्तर्गत सिटीनेटको कार्यकारिणी समितिको निर्वाचनसमेत हुनेछ।

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्