जनकपुरधाममा लोसपाले मनायो कालो दिवस

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संविधान दिवसको अवसरमा जनकपुरधाम कालो दिवस मनाएको छ।

२०७२ असोज ३ गतेमा जारी भएको संविधानको विरोधमा प्रत्येक वर्ष झै यस वर्षपनि लोसपाले कालो दिवसको रुपमा मनाएको छ।

वर्तमान संविधानमा मधेसी, थारुहरुलाई वेवास्ता गरेको भन्दै लोसपाले प्रत्येक वर्ष कालो दिवस मनाउने गरेका छन्।

 लोसपाले पार्टी कार्यालयबाट निकालेको जुलुश जनक चौकमा पुगेका थिए।  जनकचौकमा कोणसभामा बोल्दै लोसपाका धनुषा अध्यक्ष परमेश्वर साहले वर्तमान संविधान सबैको मान्ने संविधान नभएसम्म आफुहरु कालो दिवस मनाइरहने बताए। अहिलेको संविधानलाई जारी गर्नेहरु देखि लिएर राष्ट्रपतिसम्मले नमानेको उनको भनाइ छ।

यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म नागरिकता विधेयक प्रमाणिकरण नगरे आन्दोलन गर्ने चेनावनी दिएका छन्। उनले आफुहरु नागरिकता विधेयक प्रमाणिकरण नभए असोज ५ गतेदेखि राष्ट्रपति र वर्तमान सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए।

२०७२ मा नेपालको वर्तमान संविधान जारी हुँदा देशभर दिपावली मनाइरहँदा मधेसमा ब्लाक आउट गरिएको थियो।

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्