साफ महिला च्याम्पियनसनसिप : पहिलो हाफमा नेपालविरुद्ध बंगलादेश २-० ले अघि

काठमाडौँ- साफ महिला च्याम्पियनसनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध २-० को अग्रता लिएको छ ।

खेलको ४२ औँ मिनेटमा बंगलादेशको कृष्णा रानी सरकाले दोस्रो गोल गर्दै आग्रता लिएको हो।

नेपालले गोलका केहि राम्रो अवसर बनाएपनी गोल गर्ने सकेको छैन। ३६ मिनेटमा अनीता बस्नेतको उत्कृष्ट फ्रिकीक गोलरक्षकले क्लीयर गरे लगतै अर्को राम्रो मौका चुकायो ।

दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा बंगलादेशले पहिलो गोल १४ औं मिनेटमा गरेको थियो।

पहिलो गोल समसुनहरले बंगलादेशका लागि गरेकी थिइन् । क्रसलाई फिनिसिङ टच गर्दै उनले गोलमा परिणत गरेकी हुन् ।

नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाईमा मैदान उत्रिएका छन् ।

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्