बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

सांकेतिक तस्बिर।

बर्दिया – बारबर्दिया नगरपालिका–८ दुधा बस्ने ३३ वर्षीय सनिराम थारुको करेन्ट लागेर आइतबार मृत्यु भएको छ।

आफ्नै घरमा मन्दिर बनाउने क्रममा विद्युतको तारबाट करेन्ट लागेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी, बर्दियाको गुलरिया नगरपालिका–९ मथुरा बस्ने इस्तियाक धोबीकी छोरी ९ वर्षीया खुस्बु धोबीको करेन्ट लागेर आइतबार मृत्यु भएको छ।

आफ्नै घरमा खेल्ने क्रममा करेन्ट लागेर अशक्त भएकी उनको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्