नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४८८ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको मन्त्रालय जनाएको छ।

आज थपिएकासँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ७४० जना पुगेको छ। पछिल्लो २४ घण्टामा १६५ जना संक्रमणमुक्त भएका छन्।

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्