हत्या अभियोगमा जेलमा रहेका पूर्व एमाले नेता प्यासी रिहा

वीरगञ्ज – हत्याको अभियोगमा जेलमा रहेका नेकपा एमालेका पूर्व नेता रामचन्द्र कुशवाहा प्यासी कैदमुक्त भएका छन्।

उनी संविधान दिवसको अवसरमा आममाफी पाएर कैदमुक्त भएका हुन्।

वीरगञ्ज कारागार कार्यालयमा कैदी जीवन बिताइरहेका प्यासी कैदमुक्त भएपछि उनका समर्थकले फूलमाला लगाएर स्वागत गरेका छन्।

दोस्रो संविधान सभा चुनावको बेला बारा क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका एमालेनिकट मुश्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्षसमेत नेता महमुद आलमको गोली प्रहार गरी हत्या भएको थियो।

बाराको परवानीपुरमा रहेको चावोसती उधोग अगाडि मोटरसाइकलमा आएका दुई जना ब्यक्तिले आलमलाई गोली हानेका थिए।गोली प्रहारबाट घाइते भएका उनको २०७० साल असोज २४ गते काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो।

आलमको हत्या प्यासीकै योजनामा गरिएको उनीमाथि अभियोग लागेको थियो। सोही अभियोगमा जिल्ला अदालत बाराले प्यासीलाई १० बर्षको जेल सजाय सुनाएको थियो।

फैसला चित नबुझेको भन्दै आलमकी पत्नि नेजमा खातुनले उच्च अदालत जनकपुर अस्थायी ईजलासमा पुनरावेदन दिएकी थिईन। प्याशीमाथि लागेको मुद्दाको सुनुवाइ गर्दै अदालतले उनलाई जन्मकैदको हुने फैसला गरेको थियो।

आलमको हत्या भएपछि एमालेले क्षेत्र नम्बर ६ बाट उनकी श्रीमती नेजमा खातुनलाई टिकट दिएको थियो।

निर्वाचनमा उनी विजयी पनि भएकी थिइन्।संविधान दिवसको अवसरमा राष्ट्रपतिले दिएकी बिभिन्न मुद्दाका कैदीबलाई आममाफीमध्ये आलम पनि कैदमुक्त भई रिहा भएका हुन्।

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्