लमजुङका दुई कैदीबन्दीको कैद मिनाह

लमजुङ – संविधान दिवसको अवसरमा लमजुङका दुई जना कैदीको कैद मिनाह भएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर ७०२ जना कैदीलाई बाँकी कैद कट्टा गरी मिनाह गर्नेक्रममा लमजुङका पनि २ जनाको कैद मिनाह भएको हो।

जिल्ला कारागार लमजुङबाट दुई जना 

कैदीबन्दी रिहा भएको जेलर तारा बहादुर तामाङले जानकारी बताए। उनका अनुसार सवारी ज्यान मुद्दा परेका सुन्दरबजार ७ का पवन घर्ती मगर र बेसीशहर १ का रूपेश विकको कैद मिनाह भएको हो।

सुन्दरबजारका पवन घर्ती २०७८ फागुन ३ गतेका दिन सवारी ज्यान मुद्दामा एक वर्ष दुई महिना २७ दिनका लागि कारगार चालन भएको थियो भने बेसीशहर १ का रुपेश विक २०७८ पुस ७ गते सवारी मुद्धामा एक बर्ष १० महिना १६ दिनका लागि कारगार चलान भएका थिए।

 

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्