काठमाडौँ – काठमाडौँको बालाजुस्थित माछापोखरीमा ‘अल नेपाल पेस्ट कन्ट्रोल’ ले सोमबार डेंगी नियन्त्रण गर्न औषधि छर्किएको छ।

पछिल्लो समय डेंगीको महामारी फैलिएसँगै उक्त एरियामा डेंगी नियन्त्रणका लागि औषधि छर्किएको हो।

नेपालमा डेंगी संक्रमितको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगी संक्रमण पुष्टि भएको छ।