एजेन्सी – मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सी राेयटर्सका अनुसार उक्त भूकम्प गएराति ६:५ मा गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको अनुमान गरेको छ ।

उक्त भूकम्पबाट कम्तीमा एक जनाकाे मृत्यु भएकाे र धेरैँ मात्रामा भाैतिक क्षति भएकाे रोयटर्सले जनाएकाे छ । यद्यपि, यसबारे थप विवरण आउन भने बाँकी रहेकाे छ । 

सन् १९८५ र २०१७ का दुई ठूला भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा सयौँ माइल टाढाको भवनहरू हल्लाउँदै पश्चिमी मेक्सिकोमा शक्तिशाली भूकम्प गएको हाे ।

भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको तटमा रहेको मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर (३७ माइल) दक्षिणमा र मेक्सिको सिटीबाट सयौँ किलोमिटर पश्चिममा रहेको भूकम्पविद्हरूले बताएका छन् ।

मेक्सिको सिटीको भूकम्पको अलार्म राजधानीले आपतकालीन प्रकोप अभ्यास गरेको एक घण्टा नहुँदै बजेको थियो, जसले मानिसहरूलाई फेरि सडकमा बाहिर पठायो ।

असोज ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्