धनुषा- २ बाट पूर्वप्रधानाध्यापकले उम्मेदवारी दिने

माला लगाउने पूर्वप्रधानाध्यापक कारी यादव।

जनकपुरधाम- आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि धनुषा क्षेत्र नं. २ बाट कारी यादव (मास्टरसाहेब)ले उम्मेदवारी घोषणा गरेका छन्।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफू प्रतिनिधिसभा क्षेत्र नं. २ बाट उम्मेदवारी दिन लागेको जनाएका हुन्।

२०२५ साल देखि माविस्तरमा प्रथम श्रेणीको शिक्षक भई शिक्षण गर्दै २०७० सालमा प्रधानाध्यापकको पदबाट अवकाश प्राप्त गरेका यादवले कमिसनखोर, भ्रष्टाचार र कुशासन तथा धर्म निरपेक्षविरुद्ध गाउँदेखि सदनसम्म आवाज उठाउन उम्मेदवारी दिन लागेको बताए।

वर्तमान अवस्थामा देशमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, धार्मिक एवं सामाजिक अवस्था चिन्ताजनक रहेको, कल कारखाना बन्द भएको, शिक्षा स्वास्थ्यमा व्यापारिकरण भएकाले प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भए आवाज उठाउने बताए।

असोज ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्