बार्सिलोनालाई गत वर्ष ८६ मिलियन पाउन्ड नाफा

स्पेनिस क्लब बार्सिलोनाले गत वर्ष ८६ मिलियन पाउन्ड नाफा गरेको जनाएको छ। साथै उसले आगामी वर्ष २ सय ४० मिलियन पाउन्ड नाफा गर्न सक्ने जनाएको छ।

गत समरमा बार्सिलोनाले लालिगाको फाइनान्सियल नियमका कारण खेलाडी अनुबन्धन गर्न पाएको थिएन। उसले करिब ४ सय २२ मिलियन पाउन्ड घाटा भोगेको जनाइएको थियो।

क्लबका अनुसार सन् २०२१-२२ को आर्थिक वर्षमा उसले ८९० मिलियन पाउन्डको कारोबार गरेको जानकारी दिएको छ।

बार्सिलोनालाई खेलाडी किनबेचमा रोक लागेकै कारण गत समरमा क्लबमा भित्रिएका रोबर्ट लेवान्डोस्की र राफिन्होको सम्झौतामा ढिलाइ भएको थियो।

बार्सिलोनाले आफ्नो आर्थिक अवस्था सुधार्नका लागि उसले भविष्यमा टेलिभिजन राइट र बार्सिलोना स्टुडियोको सेयर बेच्ने निर्णय गरेको थियो।

बार्सिलोना जारी सिजन स्पेनिस ला-लिगमा ६ खेलबाट १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ। ऊ रियलभन्दा दुई अंकले पछि रहेको छ।

असोज ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्