संक्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता छैन: मन्त्री काेइराला

कानुनमन्त्री गोविन्द बन्दी। फाइल तस्बिर।

काठमाडाैँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको बताएका छन्।

मंगलबार एड्भोकेसी फोरमले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बाेल्दै मन्त्री कोइरालाले यस्ताे बताएका हुन्।

दलहरूबीच सहमति हुन नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्न नसकेको भन्दै अध्यादेशबाट अघि बढाउने कुरा हल्ला मात्र भएको उनकाे भनाइ छ।

उनले निर्वाचनपछि बन्ने सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई अहिलको स्वरूपमा अघि बढाउनेमा आफू ढुक्क रहेको धारणा राखे।

संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माणमा केही ढिलाइ मात्र भएकाले निराश हुनुपर्ने अवस्था नरहेको मन्त्री काेइरालाकाे भनाइ छ।

उनले इतिहासको विषय भएका कारण सबै पीडितको सत्य न्याय र परिपूरणको अधिकारको सुनिश्चित गर्न सफल हुने विश्वाससमेत व्यक्त गरे।

 

असोज ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्