एनएमबि बैंकले स्वदेशी सीप र उत्पादनको प्रवद्र्घन गर्न एनएमबि बजार आयोजना गर्ने

काठमाडौँ–एनएमबि बैंकले नेपाली बैंकिङ्गजगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ।

एनएमबि बैंकले नेपालीहरुको महान चाँड दशै र तिहारलार्इ लक्षितगरी उक्त बजार आयोजना गर्न लागेको छ, जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी गराएको छ।

एनएमबि बैंकले आफ्नाग्राहलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रवद्र्घन गर्न सहजहोस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी यस बजार आयोजना गर्न लागेको हो।

बजारमा जुत्ता, लत्ता,कपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोलालगायत दैनिक जीवनमा आवश्यक सामान क्युआर÷पोस मार्फत सहूलियत मुल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ।

असोज ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्