हवाई सेवा सहज बनाउन प्रधानमन्त्रीलाई ज्ञापन

सिमकोट – चाड नजिकिएसँगै हालसम्म सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाका कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेका छन्।

चाडपर्वका बेला हवाई सेवा नियमित नहुँने भएको कारण यात्रुहरुले सस्ताी खेप्नुनपरोस भन्नका लागि सरकारको ध्याकर्षण गराउन ज्ञापन पत्र पेश गरिएको हो ।

वर्षेनी दशै तिहारमा हवाई सेवा असहज बन्ने गरेकोले यसवर्ष बेलैमा त्यसप्रति सरकारको ध्यानार्कषण् गराउनका लागि प्रमुख जिल अधिकारी सीता परियार मार्फत प्रधानमन्त्री कार्यालय, पर्यटन मन्त्रालय, कर्णालीका मुख्यमन्त्रीको कार्यालय र जिल्लामा सञ्चालन हुँदै आएका एयरलाईन्सहरुको ध्यानाकर्षका लागि ज्ञापनपत्र पेश गरिएको कर्मचारी युनियनका अध्यक्ष बिशाल बोहराले जानकारी दिए।

कर्णालीमा सञ्चालन हुने नीजि एयरलाईन्सहरु काठमाडौं फर्कने भएको कारण दशैमा जहिले पनि हुम्ला जिल्लाको हवाई सेवा असहज बन्ने गरेको छ।

उनले सो स्थिती नआओस भन्नका लागि बेलैमा सरोवाला पक्षको ध्यानाकर्षण गरिएको जानकारी दिए । हुम्लामा सञ्चालन हुँदै आएका प्रत्येक हवाई सेवा कम्पनीले एउटा जहाज नेपालगंज बेश रहने गरि राख्ने ब्यवस्थ ागर्न समेत ज्ञापन पत्रमा माग गरिएको छ।

त्यसैगरि सरकारी स्वामित्वको नेपाल एयरलाईन्सले समेत नियमित उडान नभर्ने भएको कारण उसको सेवा पनि नियमित गर्न माग गरिएको छ ।तीन बुँदै कर्मचारीहरुको ज्ञापनपत्र बुुझ्दै प्रमुख जिल्ला अधिकारी सीता परियारले कर्मचारीका मागहरु जायज भएको बताउदै त्रापनपत्र माथिल्लो निकायमा पठाउने बताइन्।

असोज ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्