‘संवैधानिक निकायबाटै यसकाे मर्म र भावनामा चोट पुग्ने काम हुनु व्यवस्थामाथिकै प्रहार’

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक निकायबाटै यसकाे मर्म र भावनामा चोट पुग्ने काम हुनु व्यवस्थामाथिकै प्रहार भएकाे बताएका छन् ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेता पौडेलले यस्तो आरोप लगाएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै नेता पौडेलले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिकै प्रहार भएको बताएका छन् । उनले राष्ट्रपतिको कदमको भर्त्सनासमेत गरेका छन् ।

यसका साथै, जन निर्वचित सभाबाट अनुमोदितसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गरेका छन् ।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्