युक्रेनको युद्ध रोक्न पुटिनले भनेका सबै कुरामा सहमत हुन सकिँदैन: जर्मन चान्सलर

फाइल तस्बिरि

जर्मन चान्सलर ओलाफ स्काेल्जले युक्रेनले शान्तिका लागि पुटिनको सर्तहरू स्वीकार गर्न नसक्ने बताएका छन्।

मंगलबार संयुक्त राष्ट्र संघको महासभामा बाेल्दै उनले यस्ताे भनेका हुन्।

उनले पुटिनले यो युद्ध जित्न असम्भव छ भनी नबुझेसम्म ‘साम्राज्यवादी महत्त्वाकांक्षा’ नछाड्ने बताए।

चान्सलर स्काेल्जले  भने, ‘त्यसैले हामी शान्तिका लागि रुसी सर्तहरू स्वीकार गर्दैनौँ र त्यसैले युक्रेनले रुसी आक्रमणको सामना गर्न सक्षम हुनुपर्छ।’

उनले युक्रेनमा पुटिनको आक्रमण युरोपका लागि मात्र नभई विश्व शान्ति व्यवस्थाका लागि पनि विपत्ति भएको  बताए।

उनले संयुक्त राष्ट्रसंघलाई ‘शान्ति प्रणालीलाई बलियोले कमजोर शासन गर्ने संसार बनाउन चाहनेहरूबाट जोगाउन’ आह्वान पनि गरे।

 

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्