कमेडियन राजु श्रीवास्तवकाे निधन

भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएकाे छ।

दिल्लीस्थित एम्स अस्पतालमा उनकाे ५८ वर्षको उमेरमा निधन भएको बिबिसी हिन्दीले पुष्टि गरेकाे हाे।

श्रीवास्तवलाई १० अगस्टमा हृदयघात भएको थियो। त्यसयता उनी एम्स अस्पतालमा उपचाररत थिए।

लामो समय भेन्टिलेटरमा रहेपछि बुधबार उनले अन्तिम सास फेरेका हुन्।

श्रीवास्तव ट्रेड मिलमा दौडिरहेका बेला छातीमा दुखाई हुँदा ढलेका थिए।

राजु श्रीवास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष थिए।

उनले ‘मैने प्यार किया’, ‘बाजीगर’ र ‘आमदनी अठन्नी खर्चा रुपैयाँ’ जस्ता चलचित्रमा पनि सानाे भूमिकामा देखिएका थिए।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्