एन्जेलिना जाेलीले पाकिस्तान पुगेर बाढीपीडितलाई भेटिन्

हलिउड अभिनेत्री तथा संयुक्त राष्ट्रकी विशेष दूत एन्जेलिना जाेली पाकिस्तान पुगेकी छिन्।

अभिनेत्री जाेली बाढीपीडितकाे अवस्था बुझ्न पाकिस्तान पुगेकी हुन्।

उनी मंगलबार बाढीपीडितलाई भेट्न हिजाे सिन्ध प्रान्तकाे दादू जिल्लामा पुगेकी थिइन्।

पाकिस्तानमा पछिल्लाे समय आएकाे बाढीमा परी करिब डेढ हजार मानिसले ज्यान गुमाएका छन्।

बाढी आएकाे इलाकामा डेंगी, मलेरियाजस्ता संक्रमण फैलिने खतरा भएकाे त्यहाँका मिडियाले जनाएका छन्।

याे बाढीलाई जलवायु परिवर्तनकाे कारणले आएकाे बताइएकाे छ।

 

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्