कांग्रेसले पूर्णता दियो आगामी निर्वाचन घोषणापत्र तयारी समितिलाई, पहिलो बैठक आजै बस्ने

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ घोषणापत्र तयारी समितिलाई पूर्णता दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले बुधबार (आज) ४१ जना सदस्य मनोनयन गरी समितिलाई पूर्णता दिएका हुन्।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा उक्त समिति गठन भएको छ। शर्मालाई गत भदौ २२ गते संयोजक तोकिएको थियो भने आज समिति सदस्यलाई पूर्णता दिइएको हो।

पार्टीका ६ जना सहमहामन्त्री, केहि केन्द्रीय सदस्य र नेताहरू समेटेर समिति तयार पारिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने समितिका सदस्य शंकर तिवारीले जानकारी दिए। स्थानीय तह निर्वाचनको घोषणापत्र पार्टीका अर्का महामन्त्री गगन थापाको संयोजकत्वमा तयार पारिएको थियो।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ घोषणापत्र तयारी समिति सदस्यहरू यस प्रकार छन्।
१) सदस्य — सहमहामन्त्री श्री फरमूल्लाह मंसुर
२) सदस्य — सहमहामन्त्री श्री महालक्ष्मी उपाध्याय ‘डिना’
३) सदस्य — सहमहामन्त्री श्री भीष्मराज आङ्देम्बे
४) सदस्य — सहमहामन्त्री श्री महेन्द्र यादव
५) सदस्य — सहमहामन्त्री श्री बद्रीप्रसाद पाण्डे
६) सदस्य — सहमहामन्त्री श्री जीवन परियार
७) सदस्य — केन्द्रीय सदस्य श्री मीनबहादुर विश्वकर्मा
८) सदस्य — केन्द्रीय सदस्य श्री किरण यादव
९) सदस्य — केन्द्रीय सदस्य श्री योगेन्द्र चौधरी
१०) सदस्य — केन्द्रीय सदस्य श्री रंगमती शाही
११) सदस्य — केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल
१२) सदस्य — केन्द्रीय सदस्य श्री सुशीला भट्ट मिश्र
१३) सदस्य — केन्द्रीय सदस्य श्री नानु बाँस्तोला
१४) सदस्य — श्री अनुराधा कोइराला
१५) सदस्य — श्री मनोहरनारायण श्रेष्ठ
१६) सदस्य — श्री किरण गिरि
१७) सदस्य — डा बिष्णु विभु घिमिरे
१८) सदस्य — श्री श्रवण मुकारूङ
१९ ) सदस्य — डा. स्वर्णीम वाग्ले
२०) सदस्य — डा. सुरेश आचार्य
२१) सदस्य — श्री गेजा शर्मा वाग्ले
२२) सदस्य — श्री मदन कट्टेल
२३) सदस्य — श्री प्रमोदहरी गुरागाईं
२४) सदस्य — डा. अञ्जनी झा
२५) सदस्य — ई. अभिमन्युलाल सिंह
२६) सदस्य — डा. ई. हरि दर्लामी मगर
२७) सदस्य — अधिवक्ता डा. रुद्र शर्मा
२८) सदस्य — डा. सञ्जय महतो थारु
२९) सदस्य — श्री भोजराज श्रेष्ठ
३०) सदस्य — श्री प्रताप पौडेल
३१) सदस्य — डा. बुद्धिमान श्रेष्ठ
३२) सदस्य — श्री शंकर तिवारी
३३) सदस्य — डा. कृष्ण पौडेल
३४) सदस्य — श्री दिपेश घिमिरे
३५) सदस्य — श्री प्रकाश लामिछाने
३६) सदस्य — डा. प्रीति मण्डल
३७) सदस्य — श्री मीन भाम
३८) सदस्य — श्री विनोद दास
३९) सदस्य — श्री सुमित खरेल
४०) सदस्य — श्री विकल राई
४१) सदस्य सचिव — डा. प्रदीप पराजुली।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्