ललितपुर- धाेबीघाटस्थित कवाडी गाेदाममा लागेकाे आगजनी नियन्त्रणमा आएकाे छ।

उपत्यकाका तीनवटै दमकल, पानी ट्याङ्की, प्रहरी, नगर प्रहरी तथा स्थानीयकाे संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा आएकाे हाे।

बच्चा साहको कवाडी गोदाममा आज दिउँसाे एक बजेतिर आगलागी भएकाे थियाे।

आगलागीमा परी तीनजना घाइते भएकाे ललितपुर परिसरका प्रवक्ता सीताराम हाछेथुले जानकारी दिए। उनीहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ।

घाइते हुनेहरूमा गणेश नेपाल, अजय र लक्ष्मी रहेका छन्।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानले बिजुली सर्ट भएर आगाे लागेकाे हुनसक्ने जनाएकाे छ।

हेर्नुहाेस् तस्बिरहरू: