क्रिकेटर विनोद दास कांग्रेस घोषणापत्र तयारी समितिमा

फाइल तस्बिर

काठमाडाैँ- नेपाली कांग्रेसले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई आफ्नो ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ मा राखेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दासलाई उक्त समितिको सदस्यमा मनोनयन गरेका हुन्।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो।

देउवाले आज थप ४१ जनालाई उक्त समितिको सदस्यमा मनोनयन गरेका छन् जसमा दास पनि परेका छन्।

उनले सन् २००० मा युनाइटेड अरब इमिरेट्सविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका थिए।

 

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्