यसपालीकाे चुनावमा प्रचण्डले राजनीतिबाट बिदा लिनेछन् : महेश बस्नेत

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिबाट बिदा लिने दाबी गरेका छन्।

एमाले निकट अनेरास्ववियुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमप्रति समर्थन जनाउँदै गरेकाे प्रदर्शनलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्।

महेशले भने, ‘हामीले चितवनमा देखाइदिनेछाैँ- यसपालीकाे चुनावमा प्रचण्ड संसद भएर आउनेछैनन्। उनले राजनीतिबाट बिदा लिनेछन्।’

उनले आगामी निर्वाचनमा एमालेलाई जिताउन पनि सबै कार्यकर्तालाई आग्रह गरेका छन्।

अनेरास्वियुले बुधबार काठमाडौँको घण्टारघरस्थित त्रिचन्द क्याम्पस अगाडि नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण गरेर उचित कदम चालेको भन्दै समर्थन गरेकाे छ।

 

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्